
एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
अस्पतालमा बालमैत्री वार्ड निर्माण तथा बाल स्वास्थ्य सुधार गर्नका लागि सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।
जसको सम्झौता एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइराला एक-आपसमा आदानप्रदान गरेका थिए ।
यस सहकार्यले बैंक र अस्पतालको बाल स्वास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सार्थक बनाउने विश्वास लिइएको छ ।
एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायित्त्वअन्तर्गत विभिन्न कार्यहरू आयोजना गर्दै आइरहेको छ ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १७१ एटीएम र १२ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।