
भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन भएको छ । प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको हिजो कोलकाताको एक अस्पतालमा ५५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
उनी भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार हुन् । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले उनको निधनमा शोक व्यक्त गरेकी छन् । उस्ताद राशिद खानको जन्म उत्तर प्रदेशको बदायूंमा भएको थियो । उनले सानै उमेरदेखि शास्त्रीय सङ्गीत सिकेका थिए ।
खानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।