२९ जेठ २०८३, शुक्रबार

प्रीति आले भन्छिन् : प्रस्तुति दिँदा कलाकार लड्नु स्वाभाविक, स्टेज भत्किनु आयोजकको कमजोरी

पुस २५, २०८०
काठमाडौं
प्रीति आले भन्छिन् : प्रस्तुति दिँदा कलाकार लड्नु स्वाभाविक, स्टेज भत्किनु आयोजकको कमजोरी

गायिका ज्योति मगर महोत्सवमा प्रस्तुति दिँदै गर्दा स्टेज भासिएर लडेको घटनाको भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल छ । यो घटनालाई लिएर धेरै खालका प्रतिक्रियाहरू आइरहेका छन् । कतिपयले ज्योतिलाई मजाक गरिरहेका छन् । ​

कतिपयले स्टेज भत्किनु वा भासिनु आयोजकको कमजोरी भएको टिप्पणी गरेका छन् । यस्तोमा अर्की लोक गायिका प्रीति आलेले स्टेजमा प्रस्तुति दिँदै गर्दा कलाकार लड्नु स्वाभाविक रहेको तर स्टेज भत्किनु आयोजकको कमजोरी भएको धारणा राखेकी छन् । 

‘कलाकारहरूले स्टेजमा प्रस्तुति दिँदै गर्दा लड्नु, ठोक्किनु, डिस्ब्यालेन्स भएर लडखडिनु स्वाभाविक हो । तर, स्टेज नै भत्किनु वा भाँचिनु आयोजकको कमजोरी हो’ प्रीतिले सामाजिक सञ्जालमा लेखेकी छन् ‘यो मजाक गर्ने विषय फिटिक्कै होइन । अङ्गभङ्ग हुन सक्ने, संवेदनशील अंगमा लागेर ज्यान जान सक्ने गम्भीर विषय हो ।’ 

उनले आयोजक पक्षलाई यस्ता विषयमा गम्भीर हुन सुझाव समेत दिएकी छन् ।

कमेन्ट गर्नुहोस्