०२ असार २०८३, मंगलबार

नवलको चलचित्र ‘काँडेतार’को गीत सार्वजनिक

पुस २८, २०८०
काठमाडौं
नवलको चलचित्र ‘काँडेतार’को गीत सार्वजनिक

नवल खड्का निर्मित एवं निर्देशित चलचित्र ‘काँडेतार’को गीत सार्वजनिक गरिएको छ । 

‘सके जोवन दिउँला माया...’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । 

गीतमा दीपक शर्माको शब्द तथा संगीत एवं उदय राज पौडेलको एरेन्ज छ । सत्यकला राई र विक्रम राईले गीतमा स्वर दिएका छन् । 

भिडियोमा चलचित्रका कलाकारहरू गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ, प्रशान्त यादवलगायत फिचर्ड छन् । 

नवलकै लेखन रहेको चलचित्र ‘काँडेतार’ फागुन २५ गते रिलिज हुँदै छ । अहिले देशका विभिन्न सहरमा च्यारिटी शो भइरहेको चलचित्रको शीर्ष भूमिकामा नवल स्वयंमले अभिनय गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्