२९ जेठ २०८३, शुक्रबार

प्रेममा छिन् मोडल अञ्जली अधिकारी !

पुस २९, २०८०
काठमाडौं
प्रेममा छिन् मोडल अञ्जली अधिकारी !

मोडल अञ्जली अधिकारीले शनिवार बेलुका सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा एक युवकसँगको दुईवटा तस्वीर राखिन् । 

उनले राखेका तस्वीरमा दुवैजना रोमान्टिक देखिएका छन् । जुन तस्वीरलाई लिएर धेरैजनाले उनीहरूलाई प्रेमी–प्रेमीका सोँचेका छन् । 

अञ्जलीले ति युवकसँगको तस्वीर शेयर गरेको पहिलोपटक भने होइन । यसअघि पनि उनले केहीपटक ति युवकसँग तस्वीर सेयर गरिसकेकी छन्, जसले अञ्जली केही समयदेखि प्रेममा रहेको आँकलन गर्न सकिन्छ । ति युवक को हुन ? भन्नेबारे भने अञ्जलीले केही कुरा खुलाएकी छैनन् । 

उनीसँग निकट रहेकाहरू अञ्जली केही समयदेखि ति युवकसँग अफेयरमा रहेको बताउँछन् । 

अञ्जलीले फेसबुक स्टोरीमा राखेका तस्वीर हेर्दा पनि उनी अब आफूहरूको प्रेमलाई गुपचुप राखिरहने मुडमा नरहेको बुझिन्छ । ​

लोकान्तरसँगको कुराकानीमा भने उनले यस विषयमा अहिले धेरै कुरा नगर्ने बताइन् । ‘समय आएपछि आफै जानकारी गराउँछु नी’ उनले भनिन् । 

लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अञ्जली ‘बोलमाया’, ‘गलबन्दी’ जस्ता गीतबाट चर्चामा आएकी थिइन् । उनले अभिनय गरेको पछिल्लो हिट गीत ‘अरेली काँडैले’ हो ।

कमेन्ट गर्नुहोस्