०८ साउन २०८३, शुक्रबार

चितवनमा १० महिनापछि कोरोना संक्रमण पुष्टि, सतर्कता अपनाउन चिकित्सकको सुझाव

माघ २, २०८०
चितवन
चितवनमा १० महिनापछि कोरोना संक्रमण पुष्टि, सतर्कता अपनाउन चिकित्सकको सुझाव
फाइल फोटो

चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतवार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ​

निमोनियाका कारण उपचारका लागि अस्पताल पुगेका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पतालमै राखी उपचार शुरू गरिएको सूचना अधिकारी पौडेलले बताए । साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उनको भनाइ छ । 

जिल्लामा १० महिनापछि पुनः कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए । जिल्लामा पछिल्लो पटक गत चैतमा कोरोना सङ्क्रमण देखिएको थियो ।​

कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ । 

कार्यालयले कोरोना सङ्क्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, साबुन पानीले हात धुन सुझाव दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्