
ग्लोबल आईएमई बैंक लिमिटेडका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बिगमार्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बिगमार्टसँगको सहकार्यमा बैंकको क्रेडिट कार्ड बाहकहरूलाई लावान्भित गर्ने गरी योजना ल्याइएको बैंकले जनाएको छ ।
योजनाअनुसार ग्राहकहरूले बिगमार्ट स्टोरमा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन् । उक्त छुट योजना यही माघ महिनाभरि लागू हुनेछ ।
जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ ।
यो अफर हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरहरूमा उपलब्ध रहेको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो ।
बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आईएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्तवपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।