
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यही माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाटै दिने भएको छ ।
त्रिविको मंगलवार केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूद्वारा दिइने सेवाहरू अनलाइनबाट दिइने त्रिविले मंगलवार जारी गरेको सूचनामा उल्लेख छ ।
‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूद्वारा दिइने सेवाहरू (ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन) अनलाइन माध्यमबाट ई–पेमेन्टको सुविधासहित यही मिति २०८० माघ १५ गते सोमवारदेखि सञ्चालन गर्ने निर्णय भएकोले सो को कार्यान्वयन विधिसहित विस्तृत जानकारी त्रिवि पनिका बल्खुले आफ्नो वेबसाइटमा माघ १० गतेका दिन प्रविष्ट गरिने ब्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।
हेरौं सूचनाः
