माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
काठमाडाैं | माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अहिले चर्चामा छिन् । कमजोर आर्थिक अवस्थाका बीच हुर्किएकी मनीषा लोकसेवा आयोगको तीव्र प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गरेर सरकारी सेवामा प्रवेश गर्न लागेकी हुन् ।
बुटवल कालिका क्याम्पस, रूपन्देहीमा शिक्षा शास्त्र संकायतर्फ स्नातक तह पढ्दै गरेकी २३ वर्षीया मनीषाले मेहनत र कडा परिश्रम गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश प्रवाहित गरेकी छन् । साथै, लोकसेवा पढ्ने र सरकारी जागिर प्रवेश गर्न चाहने हजारौंको प्रेरणाको स्रोत बनेकी छिन् । समावेशी समूह हैन, खुलातर्फ नै उनले आफूलाई अब्बल साबित गरेकी हुन् ।
सानैदेखि मेहनती र व्यावहारिक मनीषाले गाउँकै निन्यूखर्क मावि, धुर्कोटबाट वि.सं.२०७१ सालमा प्रथम श्रेणीमा एसईई उत्तीर्ण गरिन् । उनको चाहना स्वास्थ्य क्षेत्र रहेकाले बुटवलको मेडिटेक नर्सिङ कलेजमा नर्सिङ पढ्न थालिन् । पढाइमा तेज उनले कलेजबाट छात्रवृत्तिमा पढ्ने अवसर पाइन् ।
तीन वर्षमा नर्सिङ पढाइ सकेलगत्तै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा करार सेवामा जागिर शुरू गरिन् । तीन वर्षको बुटवल बसाइपछि उनले गाउँकै धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा जागिर गर्न थालिन् । त्यही बेला संघ र प्रदेशमा लोक सेवा आयोगले धमाधम विज्ञापन आह्वान गरेको थियो ।
उनले अब तयारी गर्नुपर्छ भनेर पढाइमा ध्यान लगाइन् । ‘धुर्कोटमा जागिरको अन्तिम वर्षबाट मैले अलि बढी ध्यान दिएर पढ्न थालेकी हुँ,’ मनीषा भन्छिन्, ‘मैले लोकसेवाकै लागि भनेर पढेको दश महिना मात्र भयो । दश महिनासम्म पढ्दै, काम गर्दै गरें । एकपछि अर्को गर्दै पाँच ठाउँमा नाम निस्कियो । अझै एक/दुई ठाउँको रिजल्ट आउन बाँकी छ, त्यहाँ पनि निस्किन्छ होला शायद ।’
शुरूमा गएको असोजमा कोशी प्रदेश लोक सेवा आयोगबाट पब्लिक हेल्थ नर्सिङ सहायक (चौथो समूह) मा नाम निस्कियो । कात्तिकमा लुम्बिनी प्रदेश लोक सेवा आयोग (प्रदेश स्तरीय)मा पब्लिक हेल्थ चौथो समूहमै नाम आयो । मंसिरमा बागमती प्रदेश लोक सेवा आयोगबाट पब्लिक हेल्थ पाँचौं समूहमा नाम निस्कियो । त्यसपछि मंसिरमै लुम्बिनी प्रदेश लोक सेवा आयोगबाट स्थानीय तह पब्लिक हेल्थ नर्सिङ समूह (पाँचौं) तहमा नाम निस्कियो भने पुसको अन्तिम साता संघीय लोक सेवा आयोगबाट जनरल नर्सिङ समूह (पाँचौं) मा पनि उनको नाम निस्किएको छ ।
देशमा केही सम्भव छैन भनेर परदेश हिँडिरहेका युवाबीच मनीषा अलग देखिएकी छन् ।
‘लोक सेवा गाह्रो हुन्छ भनेर सबैले भनेको सुनेकी थिएँ,’ मनीषा भन्छिन्, ‘दिएका सबै परीक्षा राम्रा भएका थिए । लुम्बिनी प्रदेशमा नाम निस्किनेमा ढुक्क थिएँ । अन्यमा गाह्रो हुन्छ भनेकाले ननिस्किने पो हो कि भन्ने शंका थियो । पहिलोपटक दिएको सबैतिर नाम निस्कियो ।’
अहिले उनी संघ रोज्ने कि प्रदेश भन्ने दोधारमा छिन् ।
‘धेरैले संघ राम्रो हुन्छ भनेका छन् । अवसर र सेवा संघमा राम्रो हुन्छ भन्छन् । प्रदेश पनि कम छैन भन्ने पनि छन् । संघ रोज्ने कि प्रदेश रोज्ने अहिले दोधारमा छु,’ मनीषाले भनिन् ।
मनीषा तीन दिदीबहिनी र एक भाइकी जेठी हुन् । उनका बुवा ताराबहादुर घर्ती छोराछोरीलाई पढाउन समस्या नहोस् भनेर भारतमा सामान्य व्यापार गर्छन् । आमा सीता घर्ती घर सम्हालेर बसेकी छिन् । भाइबहिनीलाई मनीषाले अहिले बुटवलमै राखेर पढाएकी छिन् ।
‘मनले चाह्यो भने असम्भव केही छैन,’ उनी भन्छिन्, ‘नर्सिङ पढ्ने सानैदेखिको रहर हो । परिवारको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि डक्टर बन्ने भनेर बजार छिरेकी थिएँ । त्यो बेला नर्सिङ भनेको नै डक्टर हो जस्तो लाग्थ्यो ।’
जतिबेला पढ्न मनैदेखि जाँगर चल्छ, त्यतिबेला ध्यान दिएर पढेको उनी बताउँछिन् । अगाडि किताबकपी राख्दैमा पढेको नहुने उनीको बुझाइ छ ।
‘मैले माइन्ड कन्सन्ट्रेट गरेर दुई/तीन घण्टा लगातार पढ्थेँ । बोरिङ भएको बेला फेसबूक चलाएँ । टिकटक बनाएर पनि रमाएँ । छोटो समय पढे पनि बुझेर राम्रोसँग पढ्ने हो भने किताबमा घोप्टिइरहन पर्दैन,’ उनले भनिन् ।
एकपछि अर्को परीक्षा पास गरेपछि बुवाआमाको खुशीको सीमा छैन । बुवाले गरेको ठट्टा उद्धृत गर्दै उनले भनिन्, ‘छोरीको ५ ठाउँमा नाम निस्कियो । सबैलाई एउटा–एउटा बाँड्न मिल्ने भए हामी परिवारका सबै सरकारी जागिरे हुने थियौं भनेर बुवाले ठट्टा गर्नुभयो,’ मनीषाले सुनाइन् ।
फार्मासिस्ट पढेका उनका भाइ मिलन विदेश जाने सोचमा रहे पनि दिदीको सफलताले सरकारी सेवामा प्रवेश गर्न मन लागेको बताउँछन् ।
स्नातक तह उत्तीर्ण गरेपछि अफिसरका लागि पनि तयारी गर्ने मनिषले सुनाइन् । त्यसैका लागि उनले अहिले शिक्षा शास्त्र संकायमा स्नातक पढिरहेकी हुन् ।
अविवाहित मनीषाको चाहना जीवनसाथी पनि आफ्नो स्तरअनुसारको र सरकारी सेवामा लागेको होस् भन्ने छ । उनले हाँस्दै भनिन्, ‘अब विवाह गर्ने उमेर पनि भयो । सरकारी सेवामा रहेको र देशमै केही गर्ने सोच भएको मान्छे होस् भन्ने चाहना छ ।’
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनको सफलतामा सामाजिक सञ्जाल फेसबूकमार्फत बधाई दिएपछि अहिले फोन रिसिभ गर्न भ्याइनभ्याइ छ ।
‘अरूले त दिएका थिए, तर त्यति ठूलो सम्मानित नेताले समेत मेरो सफलता देखेर दिएको बधाईले मलाइ अझै अघि बढ्ने प्रेरणा मिलेको छ,’ उनले भनिन् ।
लोकसेवाको परीक्षामा नाम निकाल्न कसरी तयारी गर्ने त ? उनले सुझाव दिँदै भनिन्, ‘पढ्न उपयुक्त नोट बूक हुनुपर्यो । साथी सर्कलको संगतलाई कम गरेर शान्त वातावरणमा दुई/चार घण्टा आनन्दले पढ्नुहोस् । त्यसपछि बाहिर निस्किनुहोस् । बाहिर सबैसँग कुराकानी गर्नुहोस् । त्यसपछि फेरि पढ्नुहोस् । दैनिक ८ घण्टा पढनुहोस्, सफल भइन्छ ।’
घोक्न गाह्रो भयो भने लेखेर अभ्यास गर्ने, मोबाइलमा रेकर्ड गर्ने, हिँड्दा वा बस्दा पनि सुन्ने विधि अपनाउन सकिने उनको सुझाव छ । सामाजिक सञ्जालबाट पनि धेरै कुरा सिक्न सकिने मनीषाले बताइन् । आईक्यूका धेरै विषय अहिले सामाजिक सञ्जालमै उपलब्ध रहेको उनले उल्लेख गरिन् ।
आयोगको परीक्षाका लागि तयारी गर्नेहरू सामाजिक परिवेशसँग पनि ‘अप टु डेट’ रहनुपर्ने उनको सुझाव छ ।
‘लोकसेवाको तयारी गर्ने जोकोही पनि धैर्यवान हुनुपर्छ । आफू कुन क्षेत्रमा कमजोर छु वा आफूलाई कुन च्याप्टर सजिलो वा गाह्रो लाग्छ, पहिल्याउनुपर्छ । कमजोर भएको विषयमा बढी ध्यान दिनुपर्छ । एउटा मात्र विषयलाई बढी ध्यान दिने गल्ती गर्न हुँदैन । आईक्यूमा जोड दिनुपर्छ । सिलसिला मिलाएर लेख्ने, अक्षर सकेसम्म सफा लेख्न प्रयास गर्ने, मनमा तनाव राखेर नपढ्ने, समसामयिक पछिल्ला घटनामा अपडेट भइरहने, आफूमा विश्वास गर्ने, असफल हुन्छु भन्ने सोच्दै नसोच्ने हो भने सफलता टाढा छैन,’ लोक सेवाको परीक्षाको तयारी गरिरहेका युवायुवतीलाई सुझाव दिँदै उनले भनिन् ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...