३१ असार २०८३, बुधबार

पोखरा महोत्सवमा आज प्रकाश दुतराज र भिटेनले माहोल तताउने

माघ ६, २०८०
काठमाडौं
पोखरा महोत्सवमा आज प्रकाश दुतराज र भिटेनले माहोल तताउने

पोखरामा जारी १२औँ संस्करणको पोखरा सडक महोत्सवमा आज शनिबार प्रकाश दुतराज र भिटेनको प्रस्तुती रहने भएको छ । 
महोत्सवको नवौ दिन शनिवार महोत्सवमा पछिल्लो समयका चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र सांझको लाइभ कन्सर्टमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुती रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए । 

दुतराजसंगै शनिवार महोत्सवमा लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहने छ । 

महोत्सवको आठौ दिन शुक्रबार महोत्सवमा एलिना चौहानको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्