
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि गौतम निर्विरोध चयन भएका छन् ।
शनिवार संस्थाको पाँचौ अधिवेशनबाट गौतमको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि प्रसाद दुलाल, सचिवमा कमल चौलागाईं (सरगम), सह–सचिवमा शिवराम भण्डारी, कोषाध्यक्षमा शरणप्रसाद हुमागाईँ र सह–कोषाध्यक्षमा कल्पना रेग्मी चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा गोपीकृष्ण चापागाईँ, सविता पोखरेल, तुल बहादुर परियार, शिखर जंग श्रेष्ठ, करिश्मा केसी, बिनिता कुँवर क्षेत्री, कविराज ढकाल र बाबुराम सिग्देल चयन भएका छन् ।