१४ असार २०८३, आइतबार

सन्तोष सेनको फिल्म ‘बलिदान’मा जोडियो आर्टमाण्डु

माघ ७, २०८०
काठमाडौं
सन्तोष सेनको फिल्म ‘बलिदान’मा जोडियो आर्टमाण्डु

सुपरहिट गीतहरू ‘तीन पाते’, ‘फूलथुंगे रानी’, ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘मिलेको जिउ छिनेको कम्मर’, ‘बाफ’ लगायतका गायक सुजन चापागाईँ फिल्म ‘बलिदान’मा जोडिएका छन् । 

सुजनसँगै उनको साङ्गीतिक संस्था आर्टमाण्डु टिमका सदस्यहरू गीतकार हर्क साउद र निर्देशक नवीन चौहान पनि ‘बलिदान’मा आबद्ध भएका छन् । फिल्मका गीत तथा ब्याकराउण्ड म्युजिकमा यो टिमले नेतृत्व गरी काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन्, सुजनले गीतमा सङ्गीत तथा स्वर र ब्याकराउण्ड म्युजिक तयार गर्नेछन् भने नवीनले टिम व्यवस्थापन गर्नेछन् । 

नेपाली फिल्ममा सम्भवतः पहिलो पटक यसरी एक टिमलाई नै सङ्गीतको जिम्मेवारी दिइएको हो । यसअघि सुजनले केही फिल्मको लागि फुटकर गीतहरूमा आवाज दिएता पनि पहिलो पटक सबै जिम्मेवारी लिएका हुन् । 

दर्शक तथा श्रोताका लोकप्रिय गायक तथा सङ्गीतकारलाई फिल्ममा आबद्ध गराउन निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समयदेखि छलफल गरिरहेका थिए । टिमको आबद्धतासँगै हाल गीत सङ्गीतको विषयमा कार्यशाला भइरहेको छ । निर्देशक सेनले फिल्मको कथा र मर्म अनुसारका गीत उत्पादन गर्नको लागि केही दिन छलफलमा रहने जानकारी दिए । 

सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई चर्चामा छ । आसुसेन फिल्मसको ब्यानरमा बन्न लागेको फिल्ममा कलाकारहरूको विषयमा भने केही खुलासा गरिएको छैन । 

आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने फिल्मको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित छन् ।

salt training

कमेन्ट गर्नुहोस्