०२ असार २०८३, मंगलबार

यस्तो छ दयाहाङ र सौगात अभिनीत ‘हात्तीछाप’को ट्रेलर [भिडियो]

माघ १०, २०८०
काठमाडौं
यस्तो छ दयाहाङ र सौगात अभिनीत ‘हात्तीछाप’को ट्रेलर [भिडियो]

नेपाली चलचित्र ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । यही माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । 

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ । 

प्रदीप भारद्धाजको लेखनमा तयार भएको चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । 

पुष्कर गुरुङ, अमला देवी राई र जय श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

salt training

कमेन्ट गर्नुहोस्