१३ असार २०८३, शनिबार

डिजेल आयात घट्यो

माघ ११, २०८०
काठमाडौं
डिजेल आयात घट्यो

बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई  विकास  निर्माणका  काम  अगाडि  बढ्न  नसक्दा डिजेलको खपतमा कमी आएको हो । 

डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । नेपाल  आयल  निगमका  अनुसार  चालुु  आर्थिक  वर्षको  छ  महिनामा  डिजेल  आयात  १८ प्रतिशतले घटेर पाँच लाख १९ हजार २२८ किलोलिटर आयात भएको हो । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द साहले विकास निर्माणको काम सुस्त हुुुनुका साथै विद्युुतीय  गाडीको  प्रयोगले  डिजेलको  खपतमा  कमी आएको जानकारी दिए ।  बजारमा माग कम हुुँदा आयातमा समेत कमी आएको उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।  

salt training

कमेन्ट गर्नुहोस्