
मनकामना केवलकारका ग्राहकहरूले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने भएका छन् । मनकामना दर्शन प्रालि र मेरिना इम्पेक्सबीच बिहीवार भएको सम्झौताअनुसार मेरिना इम्पेक्समा जुनजुकै कपडा खरिद तथा सिलाइमा २५ प्रतिशत छुट पाउने भएका हुन् ।
सम्झौतामा मनकामना दर्शन प्रालिका तर्फबाट यशु श्रेष्ठ र मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मेरिना इम्पेक्सका सेवामा छुट पाउनका लागि मनकामना केवलकारका ग्रहकहरूले मनकामना दर्शन प्रालिले उपलब्ध गराउने कुपन पेश गर्नु पर्नेछ ।
त्यसैरी मेरिना इम्पेक्सका ग्राहकहरूले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । जसका लागि मेरिना इम्पेक्सले आफ्ना ग्राहकलाई प्रत्येक बिलबराबर एउटा छुट कुपन उपलब्ध गराउने छ ।
उक्त कुपनका आधारमा मनकामना केवलकारले टिकटमा मेरिना इम्पेक्सका ग्राहकहरूलाई १० प्रतिशत छुट दिइने मेरिनाले जनाएको छ ।