२९ जेठ २०८३, शुक्रबार

बानेश्वरस्थित संसद् भवन अगाडिकै सडक भासियो, डोजर लगाएर पुरियो भ्वाङ [तस्वीरहरू]

माघ १२, २०८०
काठमाडौं
बानेश्वरस्थित संसद् भवन अगाडिकै सडक भासियो, डोजर लगाएर पुरियो भ्वाङ [तस्वीरहरू]

काठमाडौंको नयाँबानेश्वरमा सडक भासिएपछि कोल्टे परेको बस निकालिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिको सडक भासिपछि पछाडिको टायर फसेर कोल्टे परेको बस डोजर लगाएर निकालिएको हो । बस निकालेसँगै सडकमा परेको भ्वाङ पुरिएको छ । 

null

शुक्रबार मध्याह्न  कोटेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बसको पछाडिको चक्का भासिएको थियो । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको थियो । 

null

बस कोल्टे परेपछि यात्रुहरू भने बाहिर निस्किएका थिए । यसअघि पनि संसद् भवन नजिकै शान्तिनगरमा सडक भासिएर ठूलो भ्वाङ परेको थियो ।

null

null

null

null

null

null

कमेन्ट गर्नुहोस्