×

NMB BANK
NIC ASIA

भिजिट भिसामा सेटिङ

भिजिट भिसा प्रकरणः अध्यागमनका फरार कर्मचारी अस्ट्रेलिया र हङकङ पुगे, नेपाल ल्याउने प्रयास

काठमाडाैं | माघ १५, २०८०

NTC
Premier Steels

भिजिट भिसामा सेटिङ मिलाएको अभियोग लागेका अध्यागमनका कर्मचारीहरू भागेर अस्ट्रेलिया र हङकङ पुगेको तथ्य खुलेको छ ।

Muktinath Bank

‘फरार भएका अध्यागमन अधिकृत तथा अन्य कर्मचारीमध्ये २ जना अस्ट्रेलिया र  केही हङकङ गएको सूचना हामीकहाँ आएको छ । उनीहरूलाई नेपाल ल्याउने प्रक्रियामा छौं,’ अनुसन्धानमा खटिएका अपराध अनुसन्धान कार्यालय एक अधिकारीले लोकान्तरसँग भने, ‘उहाँहरू विदेशमा रहेका सूचना अध्यागमन विभागबाटै आएको हो । त्यसलाई भेरिफाई गरेर नेपाल ल्याउने प्रक्रियामा गएका हौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिजिट भिसामा सेटिङ मिलाएकालाई प्रहरीले पक्राउ गर्ने सूचना पाएसँगै उनीहरू विगत २ महिनादेखि बिदा लिएर फरार छन् । यो मुद्दामा अनुसन्धान सकाएर हिजो (आइतबार) काठमाडौं प्रहरी परिसरले संगठित अपराधमा अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । 


Advertisment
Nabil box
Kumari

प्रहरीले यसमा २२ जनालाई प्रतिवादी बनाएको छ, जसमा ९ जना  अध्यागमनका कर्मचारी छन् । त्यसमध्ये १ जना नरवीर खड्का मात्रै पक्राउ परेका छन् ।

Vianet communication

अध्यागमनका अधिकृत तथा कर्मचारीहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो फरार रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा सेटिङ गरेर विदेश पठाएको अभियोगमा मंसिर २७ गते अध्यागमन अधिकृत नरवीर खड्का तथा नेपाल एयरलाइन्सका कर्मचारीद्वय अरबिन यादव र होम पोखरेललाई पक्राउ गरेको थियो ।

वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलगायत प्रहरी हिरासतमा छन् । 

अध्यागमनका कर्मचारीले सेटिङ गरेबापत प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म लिने गरेको तथ्य बाहिर आएको थियो । निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीले प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको थियो । अहिलेसम्म प्रहरीले ४२ जनालाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x