०७ साउन २०८३, बिहीबार

दोस्रो एओजी नाइट राइड सम्पन्न

माघ १६, २०८०
काठमाडौं
दोस्रो एओजी नाइट राइड सम्पन्न

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न गरेको छ ।

यही माघ १२ र १३ गते काठमाडौंको नक्साल शोरुमदेखि सुकुटेसम्म भएको एओजी नाइट राइडको जगदम्बा मोटर्सका सीबीओ मृगेन बनर्जी र डीजीएम विक्रम पौडेलले संयुक्त रुपमा शुभारम्भ गरेका थिए ।

२५ जना राइडरहरूको सहभागिता रहेको ६८ किलोमिटर एकतर्फी यात्रामा अपाचे राइडरहरू डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए ।

माघ १२ गते शुरू भएर १३ गते सम्पन्न भएको यस ओभरनाइट राइडमा एओजीका सदस्य डा. दिपककुमार दासको पनि सहभागिता रहेको जगदम्बा मोटर्सले जनाएको छ ।​

null

ओभरनाइट राइडको बारे बोल्दै डा. दासले ओनर्स ग्रुपमा पाएको साथले आफूलाई खुसी लागेको बताए । ‘अपाचे ओनर्स ग्रुपले मलाई साथी मात्र नभई एउटा परिवार प्रदान गरेको छ । म आफैं अपाचेको ग्राहक हुँ र यस अपाचे ओनर्स ग्रुपमा पाएको साथले म अत्यन्त खुसी छु । आगामी दिनहरूमा पनि यस्तै प्रकारको यात्रामा सहभागी हुन पाउने आशा गर्दछु’, उनले भने ।

कार्यक्रमको दोस्रो दिन हेड मार्शलद्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको थियो । विजेताहरूलाई अभिनेता रेमनदास श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।​

राइडका क्रममा उनले बाइकको प्रदर्शन र लुक्सले आफूलाई आकर्षित गरेको बताएका थिए ।

null

कमेन्ट गर्नुहोस्