०९ असार २०८३, मंगलबार

नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु

माघ १७, २०८०
काठमाडौं
नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु

नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री  केन्द्र  लिमिटेडले  आफ्नो  छापाखानाबाट  टिकट छपाइ गर्न थालेको छ । 

यसअघि  नेपालका  हुलाक  टिकट  भारत,  इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो ।

 जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ । जनक शिक्षाले आउने चैतसम्म एक करोड तिस लाख थान टिकट छाप्ने सम्झौता हुलाक सेवा विभागसँग गरेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्