
त्रिभुवन बिश्वबिद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले सोमबारदेखि अनलाइनबाट सेवा प्रारम्भ गरेको छ।
सम्बन्धित व्यक्तिले आफू बसेको स्थानबाट ट्रान्सक्रिप्ट लिन सक्कली प्रमाणपत्र लिन नाम सच्याउनलगायत ११ प्रकारका कामका लागि अनलाइन आवेदन दिन सबने छन्। उनीहरू भौतिक रूपमा उपस्थित हुनु पर्दैन।
यससँगै त्रिभुवन बिश्वबिद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रबाह गर्ने सेवामा सुधार हुने भएको छ।
यी सेवा लिन अब विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमै पुग्नुपर्ने र घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको हो। गोरखापत्रमा खबर छ ।