०९ असार २०८३, मंगलबार

तरकारी बजार व्यवस्थापनबारे नार्कले थाल्यो अध्ययन

माघ १८, २०८०
काठमाडौं
तरकारी बजार व्यवस्थापनबारे नार्कले थाल्यो अध्ययन

नेपाल  कृषि  अनुसन्धान  परिषद्  (नार्क)  ले  सङ्कटका बेला तरकारी बजार व्यवस्थापनबारेमा अध्ययन गरेको छ । नार्क अन्तर्गतको राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रले धादिङ र चितवनमा दुई सयभन्दा  बढी  किसानबिच  यो  अध्ययन  गरेको  हो । 

यसका लागि १५ भन्दा बढी विभिन्न सामूहिक छलफल पनि गरेको छ । अस्ट्रेलियाको  एसिआइएआर,  युनिभर्सिटी  अफ न्यु इङ्ग्ल्यान्ड र नार्कको सहकार्यमा सञ्चालित तरकारीको आपूर्ति शृङ्खलामा सङ्कटका कारण उत्पन्न  हुने  व्यवधान  र  तिनको  न्यूनीकरणका  उपायबारे गरिएको अनुसन्धानले तरकारीको बजार व्यवस्थित नभएको, माग र आपूर्तिको आधिकारिक तथ्याङ्क  नरहेको,  उपयुक्त  ठाउँमा  कोल्ड  स्टोर  नभएकालगायतका समस्याका कारण सङ्कट तथा विपत्को समयमा तरकारी बजार व्यवस्थापन गर्न गाह्रो हुने गरिएको निष्कर्ष निकालेको छ, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्