
एकै पटकमा तिम्ल्याहा सन्तान जन्मिएको समाचार नौलो होइन तर पूर्वप्राथमिकदेखि स्नातक तहसम्म एउटै विषय अध्ययन गरेको समाचार सबैका लागि रोचक हुन सक्छ ।
तिम्ल्याहा दिदीबहिनी लबिबा खातुन, अतिका खातुन र सबिका खातुन अहिले नर्सिङको स्नातक तहमा अध्ययनरत छन्। लबिबा महाराजगन्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (आइओएम), सबिका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अतिका पोखरा नर्सिङ क्याम्पसमा भर्ना भएका हुन्। उनीहरूले गत वर्ष चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सहभागी भई छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।
२०६२ चैत १६ गते बीरगन्नमा जन्मिएका उनीहरूबिच पढाइमा सानैदेखि प्रतिस्पर्धा नै चल्थ्यो। प्राथमिक तहसम्म त उनीहरूसँग प्रथम, द्वितीय र तृतीय स्थानका लागि अन्य विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्दैनथे। गोरखापत्रमा खबर छ ।