
सार्वजनिक संस्थामा सरकारले गरेको लगानीबापतको साँवा फिर्ताको छुट्टै शीर्षक नहुँदा सरकारको कुल आम्दानी प्रक्षेपण नै वास्तविक हुन नसकेको पाइएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको सार्वजनिक संस्थामा सरकारको ‘सेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ ले यस्तो तथ्य उजागर गरेको हो ।
विगतमा साँवा फिर्ताका लागि छुट्टै शीर्षक राखिँदै आएकोमा अहिले भने त्यस्तो व्यवस्था नहुँदा कुल आम्दानीको प्रक्षेपण यथार्थपरक हुन नसकेको र राजस्व व्यवस्थापन प्रणालीमा पनि उक्त रकम राख्न नसकिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार आव २०६६÷६७ सम्म साँवा फिर्ताका लागि त्यस्तो शीर्षक छुट्याइएको थियो ।गोरखापत्रमा खबर छ।