०२ असार २०८३, मंगलबार

बिहेको १२ वर्षपछि डिभोर्स

माघ २४, २०८०
काठमाडौं
बिहेको १२ वर्षपछि डिभोर्स

काठमाडौं । बलिउड अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी जेठी छोरी इशा देओलबीच डिभोर्स भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 
मंगलबार इशा र उनका पति भरत तख्तानीले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै आपसी सहमतिमा वैवाहिक जीवन टुंग्याएको बताएका छन् । बिहेको १२ वर्षपछि उनीहरु डिभोर्सको निर्णयमा पुगेका हुन् । 

‘हामी आपसी सहमतिबाट अलग हुने निर्णय लिएका छौं । हाम्रो जीवनमा यो परिवर्तनको माध्यमले हाम्रो सन्तानको सर्वोत्तम हित र कल्याण हाम्रा लागि महत्वपूर्ण छ र हुनेछ । हामी यो कुराको सराहना गर्नेछौं कि हाम्रो गोपनियताको सम्मान गरिनेछ’, विज्ञप्तीमा भनिएको छ ।

इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए । यो जोडीको दुई छोरी राध्या र मियारा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्