२९ जेठ २०८३, शुक्रबार

बादल घिमिरेको ‘कसम तोड्ने भा’ सार्वजनिक

माघ २६, २०८०
काठमाडौं
बादल घिमिरेको ‘कसम तोड्ने भा’ सार्वजनिक

सर्जक एवं मोडल बादल घिमिरेले नयाँ गीत ‘कसम तोड्ने भा’ सार्वजनिक गरेका छन् । 

रामजी खाँण र मेलिना राईको स्वर रहेको गीत बिहीवार बेलुका युट्युबमा सार्वजजिक गरिएको हो । 

गीतको भिडियोमा बादल घिमिरे र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय छ ।

यसमा रेखा खरेलको शब्द, बादलकै संगीत, विशाल निरौलाको संगीत संयोजन छ । 

यो प्रेम विरहको गीत हो । विशाल घिमिरेको कथा एवं निर्देशनमा भिडियो बनेको हो । 

नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा पदम सुवेदीले सम्पादन, मिलन विश्वकर्माले कलर ग्रेडिङको काम गरेका हुन् ।  
 

कमेन्ट गर्नुहोस्