![‘सिम्पल सिम्पल कान्छी २’मा किरण केसी र दीपाश्री निरौला [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Deepa-kiran_gbMGxjyzap.jpg)
१५ वर्षअघि निर्माण भएको फिल्म ‘अन्दाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक भएको छ ।
जवानी बेलामा छुटेको माया अचानक बाटोमा भेट हुँदाको रमाइलो पललाई वर्णन गरिएको गीतमा नित्या शिवा र राजन श्रेष्ठको स्वर छ । शङ्कर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुल गिरीको संगीत एवम् एरेन्ज छ ।
गीतको भिडियोमा किरण केसी ‘रातामकै’ र दीपाश्री निरौलाको अभिनय छ । साथमा, बाल कलाकारहरू रोनिश खड्का र प्रनिता रोकाया पनि देखिएका छन् ।
माइकल चन्द निर्देशित भिडियोमा सौरभ लामाको छायाङ्कन रहेको भिडियोमा सलिन लम्सालको सम्पादन छ ।