×

NMB BANK
NIC ASIA

मधेश र गण्डकीमा एनसेलको फोरजी सेवा थप सुधारः सँगै सामाजिक जिम्मेवारीका योजना

काठमाडाैं | माघ २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आफ्नो फोरजी सेवाको गुणस्तर अझै सुधार गर्ने कामलाई तीव्रता दिने क्रममा एनसेलले मधेश र गण्डकी प्रदेशमा फोरजी नेटवर्क सुधार गरेको छ । यी दुई प्रदेशका विभिन्न जिल्लाका स्थानीय तह र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरिएको हो । यससँगै यी क्षेत्रका ३० भन्दा बढी स्थानका ग्राहकहरूले अब फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्याण्डबाट फाइदा लिन सक्ने एनसेलले शुक्रवार विज्ञप्ति जारी गर्दै जनाएको छ ।

Muktinath Bank

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले यी स्थानका फोरजी सेवामा थप सुधार गरेकोे हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानमा फोरजी सेवामा सुधार गरिएको छ, जसले ग्राहकहरूलाई थप सुधारिएको मोबाइल ब्रोडब्यान्ड र कनेक्टिभिटीको पहुँचबाट फाइदा लिन सजिलो बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘फोरजी सेवामा सुधार भएका क्षेत्रहरूमा औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी, नहरा, नवराजपुर, पिपरालगायतका स्थानहरु रहेका छन् ।’


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

त्यसैगरी ग्राहकले अब गण्डकी प्रदेशको आँबुखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि सुधारिएको फोरजी नेटवर्कबाट फाइदा लिन सक्नेछन् । देशका अन्य स्थानमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको एनसेलले जनाएको छ । हालैमात्र एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा विभिन्न स्थानमा फोरजी सेवा सुधार गरेको थियो ।

‘सेवा विस्तार र नेटवर्क सुधारसँगै एनसेलले ग्राहकले सुलभ दरमा मोबाइल ब्रोडब्यान्डको पहुँचबाट लाभ लिन सक्ने गरी विभिन्न आकर्षक अफरहरू पनि ल्याइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मंगलवार, एनसेलले तीनवटा डबल मजा प्याक सञ्चालनमा ल्याएको छ । यसमा ग्राहकले प्याकको भ्यालिडिटी समाप्त हुनुअघि फेरि सोही प्याक खरिद गरेमा डबल डेटा बोनस प्राप्तगरी यसको फाइदा लिन सक्छन् ।’

एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा कम्पनीले मधेश र गण्डकी प्रदेशमा विभिन्न व्यवसायिक सामाजिक जिम्मेवारीका आयोजनाहरू पनि कार्यान्वयन गरेको एनसेलले जनाएको छ । 

‘जस्तै आधुनिक डिजिटल ल्याब आयोजनाले सरकारी–सामुदायिक विद्यालयहरूका हजारौं विद्यार्थीलाई आधुनिक सिकाइ विधिमा पहुँचका साथ प्रत्यक्ष रूपमा लाभान्वित बनाएको छ भने एडप्ट ए स्कूल कार्यक्रमले विद्यालयका पूर्वाधार विकासमा योगदान गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

मधेश प्रदेशमा एनसेलले चारवटा सरकारी विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरेको छ भने सात विद्यालयलाई कक्षाकोठा, शौचालय निर्माण, खानेपानी सुविधा र पुस्तकालय स्थापना गर्न सहयोग गरेको छ । 

यसैगरी, धनुषाधाममा ३३ हेक्टर जमिनमा ५० हजारभन्दा बढी रुख रोपिएको छ भने सीमान्तकृत समुदायका महिलालाई शिक्षित बनाउन वुमन एडल्ट लिटरेसी कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

null

त्यसैगरी गण्डकी प्रदेशमा एनसेलले पाँचवटा विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरेको छ भने एडप्ट ए स्कूल कार्यक्रममार्फत ६ वटा विद्यालयलाई कक्षा कोठा र शौचालय निर्माण, खानेपानीको सुविधा, फर्निचर र शैक्षिक सामग्री उपलब्ध गराएको छ । व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेलले हालसम्म देशभर विभिन्न सामाजिक कार्यमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।

‘आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ १८, २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा गरेको थियो । हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरिसकेको छ र कुल जनसंख्याको ९२.०९ प्रतिशत जनतामाझ यो सेवा पुगेको एनसेलको दाबी छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ । यस्तै भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्याङ्कका आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ । सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x