
त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज)ले सोमबारदेखि केही दिन सीमित आकस्मिक बिरामीको मात्रै उपचार गर्ने भएको छ । आकस्मिक कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गर्ने अस्पतालले जनाएको छ ।
‘माघ २९ देखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित साधन स्रोतबाट उपचार गर्नुपर्ने अवस्था छ । उपचारमा आउनुहुने बिरामीमा पर्नजाने असुविधाका लागि त्रिवि शिक्षण अस्पताल क्षमा चाहन्छ,' सोमबार प्रकाशित सूचनामा उल्लेख छ ।
