अभिनेता, निर्माता तथा निर्देशक नवल खड्काको फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले राष्ट्रियता बोल्छ ।
यो फिल्ममा सीमा अतिक्रमणको मुद्दा उठाइएको छ । नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने आवाज फिल्मले पेस गर्छ ।
फिल्मको शीर्ष भूमिकामा नवल स्वयंमले अभिनय गरेका छन् । साथमा, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा लगायतको पनि अभिनय छ ।
देशभर च्यारिटी प्रदर्शन गरिएको यो फिल्म अब भने हलमा प्रदर्शनमा आउन लागेको हो ।
सामना फिल्मस प्रालि प्रस्तुति रहेको फिल्मको निर्मातामा मकिको राई, अञ्जु केसी, नादिया खड्का र सानिया खड्का छन् । सत्यकला राई फिल्मको कार्यकारी निर्मात्रीको रुपमा छिन् ।
यही फागुन २५ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ ।