
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवन संघर्षलाई लिएर निर्माण हुन लागेको फिल्म ‘मेयर’को शुभमुहूर्त गरिएको छ ।
बुधवार सरस्वती पूजाको अवसर पारेर राजधानीको नारायणहिटी मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो ।

दीपेन्द्र के. खनालको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा मेयरको शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछानेले अभिनय गर्दैछन् ।
उनको अपोजिटमा अभिनेत्री वर्षा राउत देखिँदै छिन् ।

त्यस्तै, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रबिन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाईली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय रहनेछ ।
महेश दवाडीको पटकथा लेखन रहेको फिल्मको निर्मातामा शर्मीला पाण्डे र श्रृष्टिमाँ खनाल छन् ।
कृष्ण बहादुर थापाले फिल्मलाई खिच्नेछन् ।