०७ असार २०८३, आइतबार

रेखा थापाको फिल्ममा सडकपेटीमा व्यापार गर्नेको कथा, यस्तो छ ट्रेलर

फागुन ४, २०८०
काठमाडौं
रेखा थापाको फिल्ममा सडकपेटीमा व्यापार गर्नेको कथा, यस्तो छ ट्रेलर

रेखा थापाको फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक गरिएको छ । 

शुक्रवार सार्वजनिक ट्रेलरमा अनधिकृत रुपमा बनाएका संरचना काठमाडौं महानगरपालिकाले भत्काएकोदेखि सडकपेटीमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेसम्मको दृश्य समावेश गरिएको छ । 

सडकमा व्यापार गरेर जीवन चलाउने नागरिकको कथा फिल्मले पेस गर्ने ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्ममा मुख्य तीन महिला र उनीहरूसँग जोडिन आउने पुरुष पात्रको कथा प्रस्तुत गरिएको छ ।  हाँसो, रोदन, प्रेमको समीश्रण ट्रेलर​मा पाइन्छ । ट्रेलरमा​ अभिनेत्री रेखा थापा चिया बेच्ने महिलाको भूमिकामा छिन् । 

अभिनेता मुकुन भुषाललाई ट्याक्सी ड्राइभरका रुपमा देखाइएको छ । 

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ । 

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । 

रेखा फिल्मस् र कपनगढी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । 

फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । फिल्म यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्