×

NMB BANK
NIC ASIA

रेखा थापाको फिल्मको ट्रेलरले कस्तो पाउँदैछ प्रतिक्रिया ?

काठमाडाैं | फागुन ६, २०८०

NTC
Premier Steels

अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Muktinath Bank

गत शुक्रवार मात्रै फिल्मको ट्रेलर सार्वजनिक गरियो, जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । आइतवार दिउँसोसम्म फिल्मको ट्रेलरलाई ३ लाख ५० हजार बढीले हेरेका छन् । ७ सय बढीले युट्युबमा प्रतिक्रिया दिएका छन् । फिल्म हेर्नका लागि उत्साहित रहेको प्रतिक्रिया दर्शकले दिएका छन् । धेरैले रेखाको प्रशंसा गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मको ट्रेलरमा अनधिकृत रुपमा बनाएका संरचना महानगरपालिकाले भत्काएकोदेखि सडकपेटीमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेको दृश्यसमेत समावेश गरिएको छ । 


Advertisment
Nabil box
Kumari

सडकमा व्यापार गरेर जीवन चलाउने नागरिकको कथासमेत फिल्मले पेस गर्ने ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलर हेर्दा फिल्मको केही कथावस्तु काठमाडौं महानगरले हालै सडक व्यवसायीलाई सडक र फुटपाथमा व्यवसाय गर्न नपाइने भनेर लगाएको नियमसँग मिल्ने आँकलन गर्न सकिन्छ । 

Vianet communication

ट्रेलर​मा हाँसो, रोदन, प्रेमको मसला पाइन्छ । 

फिल्ममा समावेश बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीत ‘वाह वाह...’ले पनि दर्शकको राम्रो प्रक्रिया पाइसकेको छ ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाललगायतको अभिनय छ । 

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । सुलक्षण भारतीको कथा रहेको फिल्मको पटकथा एवं संवाद भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माले मिलेर तयार पारेका हुन् । 

फिल्म प्रदर्शन मिति नजिकिरहँदा अभिनेत्री रेखा भने केही समयदेखि अमेरिकामा छिन् । 

उनी आफ्नो पहिलो सन्तानलाई जन्म दिएर मात्रै नेपाल फर्किने छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x