
दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को टिजर सार्वजनिक गरिएको छ ।
रामबाबु गुरुङ निर्देशित फिल्म नेपाली नयाँ वर्षको अवसर पारेर रिलिज हुनेछ ।
सोमबार निर्माण कम्पनी बाँसुरी फिल्मसको युट्युबबाट सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे संकेत गर्छ । यसको टिजर आइरहेका भन्दा अलि फरक शैलीमा छ ।
फिल्ममा दयाहाङ र आँचलका साथमा माओत्से गुरुङ, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाललगायतको समेत अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई फिल्मले आफ्नो बटमलाइन बनाएको छ ।