०९ असार २०८३, मंगलबार

शुक्रवारबाट प्रदर्शनको तयारीमा ‘गोर्खा वारियर’

फागुन ८, २०८०
काठमाडौं
शुक्रवारबाट प्रदर्शनको तयारीमा ‘गोर्खा वारियर’

गोर्खालीहरूको कथामा निर्माण भएको फिल्म ‘गोर्खा वारियर’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । विभिन्न स्थानमा गरिएको प्रिमियरमा तारिफ पाइरहेको फिल्मले दर्शकको माया पाउने विश्वासमा निर्माण टिम छ । 

मिलन चाम्स निर्देशित फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, कविता आले, रेअर राईलगायतको अभिनय छ । टिजर र ट्रेलर​बाट फिल्मले राम्रो हाइप बनाएको छ । फिल्मले सन् १९४९ को मलाया युद्धको कथा पेश गर्ने निर्देशक चाम्सले बताए । 

लन्डन सिनेआई प्रोडक्सनको र चाम्स इन्टरटेनमेन्टको व्यानरमा फिल्म निर्माण भएको हो । सुमन राई र सुस्मिता वाइवा निर्माता रहेको फिल्मको पटकथा एवं संवाद लेखन निर्देशक चाम्स र गिरीराज घिमिरे मिलेर गरेका हुन् । 

हिमाल केसी यस फिल्मका द्वन्द्व निर्देशक हुन् ।

salt training

कमेन्ट गर्नुहोस्