२६ असार २०८३, शुक्रबार

‘बद्री बहादुर’ चैत २३ मा रिलिज हुने

फागुन ९, २०८०
काठमाडौं
‘बद्री बहादुर’ चैत २३ मा रिलिज हुने

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’को प्रदर्शन मिति तय गरिएको छ । 

बुधवार फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्म आगामी चैत २३ गते रिलिज हुने भएको छ ।

पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नु होला’ लेखिएको छ । फिल्म हास्यप्रधान रहेको सहजै बुझ्न सकिन्छ । 

सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । 

फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् । फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ । यही फिल्मबाट एलिना गुरुङले नेपाली फिल्ममा ‘डेव्यु’ गरेकी छिन् । 

फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन रहको छ । यो फिल्मलाई रोहित रत्नको आरआर फिल्मसले नेपालभर प्रदर्शनको जिम्मा लिएको छ । 

फिल्ममा विनोद सापकोटाको छायांकन तथा समीर मिया सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन छ । फिल्मको छायाङ्कन काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्