![मेनुका पौडेलको स्वरमा ‘बर्बादी’ सार्वजनिक [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Menuka_song_1nO68UvQ0y.jpg)
मेनुका पौडेलको स्वरमा ‘बर्बादी’ शीर्षकको गीत सार्वजनिक गरिएको छ । क्षितिज सापकोटाको शब्द रहेको गीतमा मेनुकासँगै सिडी विजय अधिकारीले स्वर दिएका छन् । सिडी विजयकै संगीत रहेको गीतलाई पुष्कर खत्रीले एरेन्ज गरेका हुन् ।
यो प्रेमगीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन् । पुनम श्रेष्ठको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन रहेको भिडियो प्रहिल काकीको निर्देशनमा तयार भएको हो । माधव बेल्बासे भिडियोका सम्पादक हुन् ।
इण्डियन आइडलमा उत्कृष्ट १० सम्म पुगेर बाहिरिएपछि नेपाल फर्किएसँगै मेनुकाले केही गीतमा स्वर दिइसकेकी छन् ।
बुधवार मात्रै मेनुकाको स्वरमा ‘पल्लो गाउँकी सान्कान्छी’बोलको गीत सार्वजनिक भएको थियो ।