
फ्राइडे रिलिज अन्तर्गत शुक्रवारबाट फिल्म ‘गोर्खा वारियर’ प्रदर्शनमा आएको छ ।
मिलन चाम्स निर्देशित यो फिल्मले सन् १९४९ को मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथा पेस गर्छ ।
फिल्ममा रितेश चाम्स, रेबिका गुरुङ, विजय लामा, कविता आले, रेअर राईलगायतको अभिनय छ ।
लन्डन सिनेआई प्रोडक्सनको र चाम्स इन्टरटेनमेन्टको व्यानरमा फिल्म निर्माण भएको हो । सुमन राई र सुस्मिता वाइवा निर्माता रहेको फिल्मको पटकथा एवं संवाद लेखन निर्देशक चाम्स र गिरीराज घिमिरे मिलेर गरेका हुन् । हिमाल केसी यस फिल्मका द्वन्द्व निर्देशक हुन् ।
विभिन्न स्थानमा गरिएको प्रिमियरमा यो फिल्मको तारिफ भएको छ । सार्वजनिक प्रदर्शनमा पनि दर्शकबाट फिल्मले माया पाउने विश्वासमा निर्माण टिम छ ।