काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा सञ्चालित अवैध प्लटिङ रोक्न ३२ निकायलाई पत्राचार गरेको छ। उपत्यकामा अनधिकृत रूपमा प्लटिङ गरेको जानकारी पाएपछि ती निकायलाई पत्राचार गरेको हो।
प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सञ्चालक समितिको निर्णयअनुसार अवैध रूपमा सञ्चालन भएका प्लटिङ रोक्न सबै निकायलाई पत्राचार गरेको जानकारी दिइन् । नेपाल समाचारपत्रमा खबर छ ।