०१ असार २०८३, सोमबार

नेपाल ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करण रामेछापमा हुने

फागुन १४, २०८०
काठमाडौं
नेपाल ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करण रामेछापमा हुने

सेलिब्रेटी नेपालले आयोजना गर्दै आएको नेपाल ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करण आगामी वैशाखमा रामेछापमा हुने भएको छ । 

रामेछाप नगरपालिकामा महोत्सव गर्ने तय भएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । 

महोत्सवमा सहभागीता जनाउन चाहनेहरूको लागी दर्ता पनि खुल्ला गरिएको महोत्सव अध्यक्ष सापकोटाले जानकारी दिए । महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । 

पर्यटन प्रबर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ आयोजना हुने यो महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरूको सहभागीता रहनेछ । 

दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका चलचित्रलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो । 

महोत्सव पहिलो वर्ष गोरखा जिल्लाको लाप्राकमा र दोस्रो पटक काभ्रे जिल्लाको भकुन्डेबेसीमा आयोजना गरिएको थियो । 

तेस्रो संस्करणको जागरूक युवा क्लब रामेछापले स्थानीय व्यवस्थापन गर्नेछ भने कार्यक्रम संयोजकमा चलचित्र निर्देशक कमल एक्चै मगर छन् ।

salt training

कमेन्ट गर्नुहोस्