
भजन शिरोमणि स्व भक्तराज आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि मंगलवार बिहान ९ बजेदेखि ११ बजेसम्म नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा मा राखिने भएको छ ।
उनको शव बिहान ११ बजेपछि अन्त्येष्टिका लागि आर्यघाट लगिने पारिवारिक स्रोतले जनाएको छ ।
स्व आचार्यको शव ललितपुरस्थित मेडिसिटी अस्पतालमा राखिएको छ ।
भजन शिरोमणि आचार्यको सोमवार निधन भएको हो ।
सोमवार अपरान्ह मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको बाटोमा निधन भएको थियो ।
आचार्य लामो समयदेखि दीर्घरोघी थिए ।
आचार्यका जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, हजार सपनाहरूको माया लागेर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायतका गीत लोकप्रिय छन् ।