०८ असार २०८३, सोमबार

भारतमा रहेको नेपाल सरकारको अर्बौँ मूल्यको जग्गा खोजखबरै भएन

फागुन १६, २०८०
काठमाडौं
भारतमा रहेको नेपाल सरकारको अर्बौँ मूल्यको जग्गा खोजखबरै भएन

सरकारले  देशभर  अतिक्रमण  वा  कब्जा  गरेको  सरकारी  तथा  सार्वजनिक  जग्गा  संरक्षण  कार्यलाई अभियानका रूपमा अगाडि बढाएको छ । त्यसका लागि सरकारले देशभर अतिक्रमित वा  कब्जा  भएका  सरकारी  तथा  सार्वजनिक  जग्गाको विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन  कार्यालयलाई  यसअघि  नै  निर्देशन  गरिसकेको  छ  ।

 तर  पर्सा  जिल्लाको  सीमावर्ती  भारतीय सहर रक्सौलमा रहेको नेपाल रेलवेको करिब  २०  बिघा  जग्गा  वर्षौंदेखि  अलपत्र  हुँदा  त्यसको  संरक्षणको  पहल  नभएको  मात्र  होइन  सम्बन्धित निकाय नै बेखबर छ ।ब्रिटिस  भारतकै  समयमा  नेपालले  खरिद  गरेको सो जग्गा बर्सेनि अतिव्रmमित हुँदै गए पनि संरक्षणका लागि सम्बन्धित मन्त्रालय र निकायले अहिलेसम्म  कुनै  ठोस  पहल  गरेको  देखिँदैन  ।  अहिले अर्बौं रुपियाँ पर्ने सो जग्गा नेपालले सन् १९२० मा खरिद गरेको थियो, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्