०९ साउन २०८३, शनिबार

कांंग्रेस-माओवादी निर्णयले सत्ता गठबन्धनमा दरार

फागुन १७, २०८०
काठमाडौं
कांंग्रेस-माओवादी निर्णयले सत्ता गठबन्धनमा दरार

सत्ता साझेदारीमा रहेका मुख्य दुई राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पछिल्लो बैठकको निर्णयले वर्तमान सत्ता गठबन्धनमा दरार उत्पन्न भएको छ।

गठबन्धनको मुख्य सहयात्री कांग्रेसको महासमिति बैठक र सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णयले गठबन्धनभित्रै आपसी संशय उत्पन्न भएको हो।

गत फागुन ७ देखि १० गतेसम्म चलेको कांग्रेस महासमिति बैठकबाट पारित आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने र हिन्दु राज्य घोषणाको विषयलाई नेतृत्वले सकारात्मक लिएको विषयमा माओवादी रुष्ट बनेको छ। माओवादीले पनि राष्ट्रिय सभामा आफ्नो उम्मेदवार उठाउने निर्णय नै गरेको छ। नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्