×

NMB BANK
NIC ASIA

सुभाष केसीको प्रेरक भिडियो ‘दिनपछि रात’ सार्वजनिक

काठमाडाैं | फागुन १७, २०८०

NTC
Premier Steels

‘दिनपछि रात’ बोलको सन्देशमूलक म्युजिक भिडियो सार्वजनिक भएको छ । 

Muktinath Bank

सुभाष केसीको स्वर रहेको गीतको करिब आठ मिनेट लामो भिडियोमा अहिलेका युवाहरूलाई लक्षित गरेर आत्महत्या गर्न नहुने सन्देश दिन खोजिएको छ । उमेरको जोशमा होस गुमाउँदा आउने परिणामको अन्तिम विकल्प आत्महत्या होइन भन्ने सन्देश भिडियोले दिन खोजेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गायक केसीले अहिलेका युवाहरूलाई लक्षित गरेर भिडियो तयार पारेको बताए । ‘समस्या आइपर्दा कहिलेकाँही हामी के गर्ने के गर्ने छुट्याउन सक्दैनौँ । अनि समस्याको अन्तिम समाधान हामी आत्महत्या हो भन्ने सोच्छौँ । यो समस्या विशेषतः युवाहरूमा बढी देखिने गर्दछ । उनीहरुलाई यो उमेरमा सही गाइड गर्ने व्यक्तिको खाँचो हुन्छ । त्यसैले अहिलेका युवाहरूलाई प्राथमिकतामा राखेर यो भिडिओ बनाएको हो’ केसीले भने । 


Advertisment
Nabil box
Kumari

मर्नुभन्दा बाँचेर समस्यासँग लड्नु ठिक हो भनेर पर्दामार्फत देखाउने खोजेको उनले बताए । 

Vianet communication

सार्वजनिक गीतको भिडियोमा योगेश सिंह, विशाल गिरी, दिवाकर घिमिरे, किरण शाही ठकुरी, मञ्जु गिरी लगायतले अभिनय गरेका छन् । 

गीतमा शब्द गणेश सुवेदीको हो । सन्दीप कार्कीको संगीत तथा एरेन्ज रहेको गीतमा रुबिन शाहीको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोलाई महेश केसीले निर्देशन एवं सम्पादन गरेका हुन् । विजेश महर्जन भिडियोका छायांकार हुन् । 

भिडियो सुभाष केसीको युटयुब च्यानल ‘इम्पेरिओ एजुकेसन’मार्फत सार्वजनिक भएको छ । उनले दुई वर्ष अगाडि ‘चम चम’ बोलको गीत निकालेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x