१० असार २०८३, बुधबार

शालीन पोखरेलको मृत्युपछि प्रहरीको घेरामा हुन्छ विद्यालयमा पढाइ

फागुन २३, २०८०
काठमाडौं
शालीन पोखरेलको मृत्युपछि प्रहरीको घेरामा हुन्छ विद्यालयमा पढाइ

पूर्वी चितवनको रत्ननगर नगरपालिकास्थित एकता शिशु निकेतनको छात्रावासमा शालीन पोखरेल मृत फेला परेको घटनापछि सुरक्षा घेरामा पढाइ भइरहेको छ ।
 रत्ननगर नगरपालिका १० स्थित विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा पोखरेल फेला परेपछि बन्द भएको विद्यालयमा अहिले सुरक्षाकर्मीले घेरा दिएर पठनपाठन सञ्चालन गरिएको हो । गत शुक्रबार कक्षा ८ देखिमाथि पढाइ भएकामा आइतबार कक्षा ६ र ७ को पनि पढाइ सञ्चालन गरिएको विद्यालयका प्लस टु संयोजक रमेश शर्माले जानकारी दिए । 

विद्यालयमा थप अप्रिय घटना हुनबाट जोगाउनका लागि सुरक्षा दिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए । गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्