×

NMB BANK
NIC ASIA

एलिनाले माफी मागेपछि अन्य गायक–गायिकाको प्रश्न : घटनाको कारक उनी मात्रै हुन् ?

एलिनाको पक्षमा बोल्न थाले संगीतकर्मी, कसले के भने ?

काठमाडाैं | फागुन २७, २०८०

NTC
Premier Steels

गत आइतवार गायिका एलिना चौहान र साउण्ड सिस्टम कर्मचारीबीच भएको विवादपछि उत्पन्न परिस्थिति सांगीतिक क्षेत्रमा चर्चाको विषय बनिरहेको छ । पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा एलिना र साउण्ड टेक्निसियनबीच भनाभन भएको थियो । 

Muktinath Bank

प्रस्तुति दिने क्रममा साउण्ड सिस्टम खराब भएपछि एलिनाले टेक्निसियनसँग गुनासो गरेकी थिइन् । तर, टेक्निसियनले एलिनालाई ‘पहिले तपाईँको आवाज सफा गर्नुस्’ भनेका थिए । एलिनाले पनि जवाफ फर्काएपछि भनाभन भएको थियो । त्यसपछि एलिना आफ्नो प्रस्तुति नसकिकन बाहिरिएकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त घटनाको केही दिनपछि साउन्ड सिस्टम व्यवसायीले विज्ञप्ति जारी गर्दै एलिनाले माफी नमागे उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका थिए । उक्त चेतावनीपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै एलिनाले माफी मागिसकेकी छन् । यद्यपि, एलिनाले माफी मागेपछि यस विषयलाई लिएर गायक–गायिका उनको पक्षमा बोल्न थालेका छन् । 


Advertisment
Nabil box
Kumari

लोकगायक बद्री पंगेनीले घटनाको कारण गायिका एलिना मात्रै हुन ? भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पंगेनीले कुनै पनि घटनाको कारक दुबै पक्ष हुने उल्लेख गरेका छन् । व्यवसायमा निषेधको संस्कृति गलत भएको उनको धारणा छ । 

Vianet communication

संगीतकार दीपक शर्माले प्रश्न गरेका छन् – हाम्रो गायक–गायिकाका विषयमा बोलिदिने कोही छैनन् ? 

‘दुर्गेशले जुत्ता खायो ! त्यो भोलि दुर्गेशले मात्र खान्छ ? आज एलिनालाई घुँडा टेकाइयो ! त्यो भोलि एलिनाले मात्रै घुँडा टेक्छे ? हाम्रा गायक–गायिकाका निमित्त खोलिएका संस्थाहरू यस्तै चुप हुन ? यदि गायक–गायिकाको गल्ती छ भने सम्झाउने र उनीहरुलाई अप्ठ्यारो पर्दा काँध दिन सक्ने कुनै संस्था छन् भने कृपया काँध थाप्नुस् । नत्र अब कार्यक्रममा हिँड्ने गायक गायिका अझै  हेपिँदै जानेछन्’ – शर्माले लेखेका छन् । 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले कसैलाई नाजायज वहिस्कार गर्न, अपमान गर्न संगठित नहुन अनुरोध गरेकी छन् । उनले सन्दर्भ इंकित नगरी लेखेकी छन् – ‘हामी सबै पेशाकर्मीको सम्मान गर्छौ, यसको अर्थ हजुरको अपमान सहिरहन्छौं कदापि होइन । कसैलाई नाजायज वहिस्कार गर्न, अपमान गर्न सङ्गठित नहुनुस ! संगठित हामी पनि छौं है, त्यो बुझाइरहन नपर्ला ।’ 

गायक नरेश खातीले माफी एलिनाले नभइ साउण्ड टेक्निसियनले माग्नुपर्ने बताएका छन् । 

गायक रमेशराज भट्टराईले भनाभन दुवैबाट भएको बताउँदै आत्मालोचना पनि दुबै पक्षबाट हुनुपर्ने धारणा राखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x