२९ जेठ २०८३, शुक्रबार

प्रकाश र सनिशाको अभिनयमा ‘फूलमाया कान्छी’ सार्वजनिक [भिडियो]

फागुन २८, २०८०
काठमाडौं
प्रकाश र सनिशाको अभिनयमा ‘फूलमाया कान्छी’ सार्वजनिक [भिडियो]

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण केसीले प्रेमिल शब्दहरु लेखेका छन् । उनकै संगीत रहेको गीतलाई गायक योगेशले नै संगीत संयोजन गरेका हुन् । 

सुनिल बि.क.को निर्देशनमा तयार भिडियोमा प्रकाश र सनिशाको ‘अनस्क्रिन जोडी’ सुहाएको देखिन्छ । चर्चित गायक प्रकाश र पछिल्लो समय रुचाइएकी मोडल सनिशाले पहिलोपटक एकसाथ काम गरेका हुन् ।

एकसाथ जिन्दगी काट्ने सपना देखेर घरबाट भागेका जोडीको कथालाई भिडियोमा देखाइएको छ । 

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापा र उनको टिमको छायांकन, प्रविन भट्टको सम्पादन छ । 

‘आफ्नो मन’का लागि कोपिला खत्रीको प्रस्तुतिमा अनिल केसीले गीत ल्याएका हुन् । ‘आफ्नो मन’ युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्