२६ असार २०८३, शुक्रबार
पुस १० मा भित्रै आरोपप्रत्यारोप, अहिले एक स्वर

प्रचण्डले दिएको झट्काले रन्थनिएको कांग्रेस– सत्ताच्युत भएपछि एक ढिक्का !

फागुन २८, २०८०
काठमाडौं
प्रचण्डले दिएको झट्काले रन्थनिएको कांग्रेस– सत्ताच्युत भएपछि एक ढिक्का !

 आफूसहितको सत्ता गठबन्धन जोगाउन सम्भव हुने सबै कसरत गर्न खोज्दा पनि असफल भएपछि संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस यतिखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आक्रोशित छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्ष, मन्त्री हेरफेर सबैमा लचक बन्ने सन्देश प्रधानमन्त्रीसमक्ष पुर्‍याएका थिए । कांग्रेसभित्र आ–आफ्नो गुटगत प्रतिस्पर्धा छ । तर, सबै प्रयत्न गर्दा पनि प्रधानमन्त्रीबाट अप्रत्याशित धोका भएपछि कांग्रेसमा यतिखेर सामूहिक रूपमा प्रतिवाद गर्नुपर्ने विषय बहसमा रहेको नेताहरू बताउँछन् । 

२०७९ पुस १० गते प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्दा पार्टीभित्रको ठूलो खेमा सभापति देउवामाथि आरोपमा उत्रिएको थियो । तर, यसपटक भने कांग्रेसले गठबन्धनको पक्षमा दृढता देखाउँदै गर्दा प्रधानमन्त्रीबाट धोका पाएकाले सामूहिक प्रतिवाद गर्नुपर्ने बुझाइमा रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बताउँछन् । 

‘गठबन्धनको सवालमा महासमितिमा दुई खालका विषय आएको पक्कै हो । तर, त्यस्ता कुरा ल्याउने पक्षले पनि यो समीकरण र गठबन्धनको विषयमा हाम्रो प्रश्न होइन भनिरहेको थियो । महासमितिले पनि गठबन्धनप्रति दृढता देखाउँदै सरकारलाई सबै सहयोग गर्ने निर्णय गरेको थियो,’ विश्वकर्माले लोकान्तरसँग भने, ‘कांग्रेसले सामूहिक प्रयत्न गर्दा प्रधानमन्त्रीले अकस्मात् गठबन्धन तोड्नुभयो । हामीलाई धोका भयो भन्ने समान बुझाइ पार्टीका सबै पक्षमा यसपटक छ ।’

तर, अघिल्लोपटकको पुस १० गते यस्तो नभएको उनी बताउँछन् । 

‘अघिल्लोपटक पुस १० गते हाम्रो सभापतिको कारण प्रचण्ड एमालेतिर लाग्नुभयो भनेर पार्टीभित्र सभापतिको धेरै आलोचना भयो । केही कमजोरी रहेको स्वीकार्दै त्यतिखेर बिग्रन खोजेको परिस्थितिलाई फिर्ता ल्याउने काम पनि भयो,’ विश्वकर्मा भन्छन्, ‘तर यसपटक कांग्रेसले मन्त्री फेर्ने र प्रधानमन्त्रीका अरू चासोलाई पूरा गर्छौं भनेर प्रतिबद्धता जनाउँदा पनि एकलौटी निर्णय गरेर धोका दिनुभयो । त्यसले कांग्रेसका फरक-फरक समूहलाई पनि यसपटक सामूहिक रूपले प्रतिवाद गर्नेगरी उभ्याइदिएको छ ।’

‘अहिलेको गठबन्धनको स्वरूप हेर्दा सरकार लामो जाँदैन भन्ने देखिइसकेको हाम्रो मात्रै होइन, एमालेको पनि बुझाइ हो । एमालेले लिएका मन्त्रालय र पठाइएका अनुहारले पनि पर्ख र हेरको स्थितिमा छ भन्ने देखाउँछ,’ विश्वकर्मा भन्छन्, ‘कांग्रेस यसपटक आफैं हतारिएको छैन । सरकार आफ्नै कमजोरी र विधिविहीनताले लामो समय जाँदैन भन्ने हाम्रो मत छ ।’

पुस १० (२०७९) मा देउवा नै प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार नभएको भन्दै उनले पार्टीभित्रै धेरै आरोप  र आलोचना खेपे । आरोपपछि गल्ती महसुस गर्दै देउवाले प्रचण्डलाई विश्वासको मत दिलाएका थिए । कमजोरी स्वीकार्दै प्रचण्डसँग विश्वास कायम गरेका देउवाले कांग्रेसलाई राष्ट्रपति पनि दिलाए । सरकारमा कांग्रेसलाई सहभागी गराउने स्थिति पनि बनाए । 

तर, माओवादीमाथि विश्वास राख्दै आलोपालो भागबन्डा गरेर प्रधानमन्त्रीको पालो कुरेका देउवाले यसपटक आफूले धोका पाएको महसुस गरेका छन् । यसैले पहिलेजस्तो आफ्नो गल्ती महसुस गर्नुपर्ने अवस्था देउवालाई नभएको देखिन्छ । गठबन्धन टुट्दा पनि देउवाको आलोचना भएन । बरु धेरैको मत प्रधानमन्त्री प्रचण्डले नै धोका दिएको भन्ने देखिन्छ ।

अब प्रतिपक्षी भूमिकालाई बलियो बनाएर सरकारलाई खबरदारी र निगरानी गर्ने उनी बताउँछन् । 

‘सत्तामा नहुँदा अब सदन, सडक र संगठन कांग्रेसका प्राथमिकतामा छन्,’ विश्वकर्माले भने, ‘हामीले पार्टीका संगठनलाई चुस्त राख्न गर्नुपर्ने काम धेरै छन् । यसमै समय लगाउँछौं ।’

कांग्रेस हतारिएर अहिलेको समीकरणविरुद्ध नलाग्ने तर आफ्नै बोझले सरकार ढल्ने विश्लेषण उनले गरे ।

‘अहिलेको गठबन्धनको स्वरूप हेर्दा सरकार लामो जाँदैन भन्ने देखिइसकेको हाम्रो मात्रै होइन, एमालेको पनि बुझाइ हो । एमालेले लिएका मन्त्रालय र पठाइएका अनुहारले पनि पर्ख र हेरको स्थितिमा छ भन्ने देखाउँछ,’ विश्वकर्मा भन्छन्, ‘कांग्रेस यसपटक आफैं हतारिएको छैन । सरकार आफ्नै कमजोरी र विधिविहीनताले लामो समय जाँदैन भन्ने हाम्रो मत छ ।’

कांग्रेस महामन्त्री गगन थापाले माओवादीको ढिलोचाँडो धोका दिने नै नियत रहेकाले कांग्रेस अब शुद्धता र पुनर्निर्माणको बाटोमा जानुपर्ने बताएका छन् । 

‘आज नदिए पनि भोलि माओवादीले धोका दिन्थ्यो । हामी सम्हालिने र शुद्ध बनाउने, रिबिल्ड, रिस्टार्ट र रिस्ट्रेन्थ गर्ने मौका पाएका छौं । यसलाई गुम्न नदिऊँ,’ नयाँ परिस्थिति बनेपछि थापाले भनेका छन्, ‘हामी ३३२ पालिकामा छौं । २६ सय बढी वडामा छौं । उत्कृष्ट काम गरेर देखाऊँ । स्थानीय सरकारको मञ्चलाई प्रयोग गरौं । प्रदेश केन्द्रमा ठूलो पार्टी छौं, यी मञ्च पनि प्रयोग गरौं । पार्टीलाई सुदृढ, सफा र बलियो बनाउने हो । गठबन्धन केही क्षणको त्राण हो । तर, संगठन हाम्रो प्राण हो ।’  

null

गठबन्धनको बैठक नै नराखी प्रधानमन्त्रीले धोका दिएको भन्दै थापाले आफ्नै बोझले सरकार गिर्ने दाबी गरेका छन् ।  

‘यो सरकार यसरी बनेको छ कि जुन दौडने कुरा त परै छाडौं हिँड्न पनि सक्दैन,’ थापाले भनेका छन्, ‘आफ्नै भारीले थिचिन्छ । फतक्क कुहिएर झर्छ । यसैले हामीले केही चिन्ता गर्न पर्दैन ।’ 

कांग्रेस गठबन्धनको बाटो हिँड्नुहुँदैन भन्नेमा प्रस्ट हुनुपर्ने पक्षमा थापा छन् । तर, अवसर छोप्ने साना पार्टीहरूको दाउलाई बन्द गराउनुपर्ने उनको मत छ ।

‘कानूनी, संवैधानिक, राजनीतिक हिसाबले काम गरौं । च्याँखे पार्टीलाई बन्द गर्न कानूनी र संवैधानिक के काम गर्न सकिन्छ, त्यो गरौं । च्याँखे थाप्ने र फोहोर गर्ने शक्तिलाई ठीक ठाउँमा पुर्‍याउनुपर्छ । यस्तो शक्तिसँग काम गर्न हामी सचेत छौं । फोहोर गर्नेलाई बोकेर बसिरहनु हुँदैन । रणनीतिक हुने ठाउँमा हुन्छौं,’ थापाले भने, ‘हाम्रा लागि सबै विकल्प जायज भएका छन् । कसैले बहुमत पुर्‍याउन नसक्दा कांग्रेसले के गर्नुपर्छ, हामी तयार छौं । प्रदेशका सरकारलाई पनि नजिकबाट नियालिरहेका छौं ।’

कांग्रेसकै डा. शेखर कोइराला पक्षले पनि यसपटक सभापतिलाई आरोपित गरेन । इतर समूहका नेता कोइरालाले सबैभन्दा ठूलो दल कांग्रेस सहभागी भएको सरकार अकस्मात् विनाकारण ढल्नुलाई सामान्य घटना मानेका छैनन् । राजनीतिमा सत्ता गठबन्धन बन्नु र भत्किनुलाई स्वभाविक मानेका उनले सत्ताका लागि जे पनि गर्ने माओवादीसँग सचेत नहुँदा अहिलेको अवस्था आएको विश्लेषण गरेका छन् ।

‘उहाँले सामाजिक सञ्जालमा लेखेर राजनीतिमा गठबन्धन बन्ने र भत्किने विषय सामान्य भए पनि यसपटकको धोका गम्भीर भएको बताउनुभएको छ । यस्ता घटनाबाट निराश नभई सिक्नुपर्ने उहाँको मत छ,’ कोइरालानिकट स्रोतले लोकान्तरसँग भन्यो, ‘उहाँले सामाजिक सञ्जालमार्फत व्यक्तिगत हठ पनि जिम्मेवार भए कि भन्ने सन्देह व्यक्त गर्नुभएको छ । सबैभन्दा ठूलो सत्ता सहयोगी दलले अन्तिमसम्म गठबन्धन भत्किँदैछ भन्ने सूचना नपाउनु पार्टी नेतृत्वको कमजोरी भएको उहाँको मत हो ।’

समयमा सूचना पाउन सक्ने नेतृत्व भएको भए प्रचण्डको मुभलाई रोक्न सकिने अवस्था रहेको शेखरको टिप्पणी छ । ‘ठूलो पार्टीको सभापति भनेको सामान्य होइन । प्रचण्डले यस्तो गर्न खोज्दैछन् भन्ने थाहा पाउनुपर्थ्यो । थाहा भएको भए रोक्न सक्दा अर्कै परिस्थिति बन्थ्यो,’ शेखरनिकट स्रोतले भन्यो, ‘सत्ता जोगाउन हामी सबै विकल्पमा जान तयार भन्दै गर्दा प्रचण्डले यसपटक अपमानजनक हिसाबले कांग्रेसलाई बाहिर राख्नेगरी खेलेको खेल हाम्रा साथीहरूले थाहा नपाउनु चिन्ताको विषय हो भन्ने उहाँको मत छ ।’

कांग्रेसका युवा नेता प्रदीप पौडेल सत्ता छाड्नुपर्दा कांग्रेस विक्षिप्त हुन नहुने बताउँछन् । 

‘सत्ताबाट हट्नुपर्‍यो भनेर कांग्रेस यसपटक विक्षिप्त हुने र सत्ताका लागि जे गरेर भए पनि लागिपर्ने सन्देश र सक्रियता देखाउनुहुन्न,’ पौडेल भन्छन्, ‘हामीलाई धोका दिएकाले अरूलाई पनि धोका दिन्छन् भन्ने पर्खाइमा कांग्रेस बस्नुपर्छ । हामी रचनात्मक बन्दा झन् बलियो र प्रभावशाली बन्न पुग्छौं ।’ 

‘गठबन्धनलाई इमान्दारितापूर्वक सहयोग गरेर कांग्रेसले यसपटक सरकार टिकाउन खोजेको हो, किनकि सबैभन्दा ठूलो दलले सहयोग गर्छु भनिरहँदा सरकार भत्किनुपर्ने अवस्था थिएन । प्रधानमन्त्रीले धोका दिँदाको परिणाम हो,’ पौडेलले लोकान्तरसँग भने, ‘यो विषयमा कांग्रेसमा यसपटक समान मत देखिन्छ । यसैले रचनात्मक प्रतिपक्षीको भूमिका खेल्नुपर्छ । परिस्थितिले नै कांग्रेसलाई फेरि सत्तामा पुग्ने अवसर दिन्छ ।’ 

तर, हतारिएर सत्ता लिप्सा देखाउन नहुने पौडेल बताउँछन् । 

‘सत्ताबाट हट्नुपर्‍यो भनेर कांग्रेस यसपटक विक्षिप्त हुने र सत्ताका लागि जे गरेर भए पनि लागिपर्ने सन्देश र सक्रियता देखाउनुहुन्न,’ पौडेल भन्छन्, ‘हामीलाई धोका दिएकाले अरूलाई पनि धोका दिन्छन् भन्ने पर्खाइमा कांग्रेस बस्नुपर्छ । हामी रचनात्मक बन्दा झन् बलियो र प्रभावशाली बन्न पुग्छौं ।’ 

सरकारबाहेक पार्टी बनाउने मोर्चामा नेतृत्व लाग्नुपर्ने पौडेललले बताए ।

‘सत्तामा नहुनु भनेको पार्टी बनाउने अवसर पनि हो । सत्तामा नहुँदाको फुर्सदिलो समयलाई सदुपयोग गर्दा संगठन, सदन र सडकमा रचनात्मक बन्छौं,’ पौडेलले भने, ‘यसैले आवेगमा आएर कसैलाई गाली गर्ने, सत्ताका लागि लोभ देखाउने सोचबाट कांग्रेस माथि उठ्नुपर्छ ।’ 

कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल सत्ताबाट हट्नुपर्दा पार्टी बनाउने अवसर आएको बताउँछन् । 

‘सत्ताबाट हट्नुपर्‍यो भन्दैमा कांग्रेस आत्तिहाल्नु पर्दैन । किनकि पार्टी बनाउन हामीले आफ्नो शक्ति लगाउनुपर्छ,’ रिजालले लोकान्तरसँग भने, ‘हाम्रो कारण भन्दा माओवादीले विभिन्न बहाना हेरेर समीकरण बदल्यो, अब कांग्रेसले सरकारका गतिविधि र सत्तामा संख्या के छ भनेर विस्तारै ध्यान दिँदै जानुपर्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्