१० असार २०८३, बुधबार

कुल आन्तरिक  कर्जा  ३.२  प्रतिशतले बढ्यो

फागुन २९, २०८०
काठमाडौं
कुल आन्तरिक  कर्जा  ३.२  प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको सात महिनामा कुल आन्तरिक  कर्जा  ३.२  प्रतिशतले  बढेको  छ  ।  अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो ।
 वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ । समीक्षा   अवधिमा   मौद्रिक   क्षेत्रको   सरकारमाथिको खुद दाबी ७.३ प्रतिशतले घटेको छ । 
अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.१  प्रतिशतले  बढेको  थियो  ।  वार्षिक  बिन्दुगत  आधारमा २०८० माघ मसान्तमा यस्तो दाबी २०.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको  निजी  क्षेत्रमाथिको  दाबी  ५.१  प्रतिशतले  बढेको छ । 
अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको  निजी  क्षेत्रमाथिको  दाबी  ५.४  प्रतिशतले  बढेको छ, गोरखापत्रमा खबर छ ।  

salt training

कमेन्ट गर्नुहोस्