०२ असार २०८३, मंगलबार

नयाँ शैक्षिक सत्रको लागि पाठयपुस्तक बिक्री वितरण शुरू

चैत ३, २०८०
बुटवल
नयाँ शैक्षिक सत्रको लागि पाठयपुस्तक बिक्री वितरण शुरू

आगामी शैक्षिक सत्रका लागि सरकारी पाठ्य पुस्तकको बिक्री वितरण थालिएको छ । समयमै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने उद्देश्यले  सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेड, बुटवलले सामुदायिक विद्यालयका पाठ्यपुस्तक बिक्री वितरण शुरू गरेको हो ।

सिर्जनशील संस्थाले निजी मुद्रण उद्योगले प्रकाशन गरेका कक्षा १ देखि ५ सम्मका सामुदायिक विद्यालयका नेपाली र अंग्रेजी माध्यमका पुस्तक बिक्री गर्दै आएको छ । सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेडका अध्यक्ष मनहरि बस्यालले आउँदो शैक्षिक सत्रको लागि पुस्तकको विक्री थालिएको जानकारी दिए । ‘नयाँ शैक्षिक सत्रको लागि ४० हजार सेट पुस्तक तयारी अवस्थामा छन’ 

यसले आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पुग्ने अवस्था देखिएको छ ।  बस्याल भन्छन्, ‘नयाँ शैक्षिक सत्र २०८१ मा विद्यार्थीलाई पुस्तकको अभाव हुँदैन । अन्य आवश्यक भए पनि हामीले तत्काल ल्याएर पुर्‍याउन सक्छौं ।’ सिर्जनशीलले साविक पश्चिमाञ्चल क्षेत्रका १६ वटा जिल्लामा पाठ्यक्रम विकास केन्द्रले तयार गरेका कक्षा ५ सम्मका पाठयपुस्तक र मसलन्द सामग्री बिक्री गर्दै आएको छ । नेपाल सरकारको तोकेको मूल्यमा बिक्रेताहरूले पुस्तक संस्थाले बिक्री गर्दै आएको छ ।

संस्थाका पूर्वअध्यक्ष कृष्णप्रसाद पाण्डेले पुस्तकसँगै संस्थाले गुणस्तरीय सृजनशील कपी पनि बजारमा ल्याएको बताए । उपभोक्ता र व्यवसायीलाई न्याय हुने गरी लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको ‘कभर’ भएका तश्विर सहितका ६४ ग्राम पेपरको कपी पनि उत्पादन गरी बिक्रीका लागि ल्याएको बताए । यो वर्ष सिर्जनशील कपी ५ लाख विद्यार्थीको हातमा पुर्‍याउने लक्ष्य रहेको पूर्वअध्यक्ष पाण्डेको भनाइ छ । 

यस क्षेत्रको सिर्जनशील मसलन्द सामग्री र साहित्यिक पुस्तक उत्पादन र बिक्री गर्ने संस्था हो । संस्थाका उपाध्यक्ष दिवाकर घिमिरेले आगामी वर्ष संस्थाले उद्योगको रुपमा जाने गरी हाते कागज उत्पादन गर्ने उद्योग स्थापना गर्न जग्गा खरिदको काम अघि बढेको बताए । ११३ जना शेयर सदस्य रहेको संस्थाका १० करोडको पुँजी छ । संस्थाका कोषाध्यक्ष रामकृष्ण चापागाईले संस्थाले लुम्बिनी प्रदेशका ६ र गण्डकी प्रदेशका १० जिल्लामा शैक्षिक सामग्री बिक्री गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्