१५ असार २०८३, सोमबार

गृहमन्त्रीको बचाउमा उत्रियो एमाले

चैत ५, २०८०
काठमाडौं
गृहमन्त्रीको बचाउमा उत्रियो एमाले

नयाँ सत्ता समीकरणको प्रमुख सहयात्री दल नेपाल कम्युनिस्ट पार्टी(एमाले) सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा उत्रिएको छ।

सत्ताबाहिर हुँदा कुनै प्रकरणमा आरोप लागेका सरकारका मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको एमालेले सत्तामा भित्रिनेबित्तिकै बोली फेरेको हो ।

नेपाल टेलिकमको टेरामक्स खरिदका सन्दर्भमा विवादमा आएका अघिल्लो सरकारका स्वास्थ्य मन्त्री मोहन बस्नेत र बालकुमारी घटनामा विवादमा परेका भौतिक मन्त्री प्रकाश ज्वालाको राजनीनामा माग गर्दै सदन अवरुद्ध गर्ने एमाले नेताहरू सरकारमा पुगेसँगै सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाउन अग्रसर भएको थियो।

एकै प्रकृतिका आरोपित व्यक्तिहरूमा पनि कोही ठिक कोही बेठिक भन्ने ढंगले एमाले सदनमा प्रस्तुत हुन थालेको नेपाली कांग्रेसका नेताहरूले टिप्पणी गरेका छन्। नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्